नारायणगढ-मुग्लिन सडकमा पुनः पहिरो, सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ ।

विगत तीन दिन लगातार  परेको वर्षाका कारण खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो ।

राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने जनाईएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप