नबिल बैंकको २० लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नबिल बैंकको २० लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ (ऋणपत्र) आज नेप्सेमा सूचीकृत भएको कम्पनीले वताएकाे छ ।

कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत् २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आव्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको २० लाख थान ऋणपत्र वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको हाे। यससम्बन्धि साउन ६ गते नेपाल स्टक एक्सचेन्ज र नबिल बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् ।

नबिल बैंकले देशभर ११८ वटा शाखा कार्यालयहरु, १७५ एटीएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सन्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहेको वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस