काठमाडौं ।विश्वस्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपो, आफ्ना अत्याधुनिक नवप्रबर्तनका लागि उपभोक्ता माझ विशेष परिचित छ ।
युवा पुस्तालाई विशेष ध्यानमा राखि तिनको दैनिकीमा सहजता प्रदान गर्ने सोचका साथ स्मार्ट फोनका क्यामेरादेखि कार्य प्रदर्शनीमा ओपोले विशेष ध्यान दिने गरेको छ ।
आफ्ना प्राथमिकतालाई निरन्तरता दिँदै ओपोले नेपालमा ओपो ए३१ स्मार्टफोन सार्वजनिक गरेको छ ।
ओपो ए३१ फ्यान्टसी ह्वाइट (सेतो) र मिस्ट्रि ब्ल्याक(कालो) गरी दूई आकर्षक रंगमा सार्वजनिक गरिएको छ । ७२०×१६०० पिक्सेल सहितको ६.५ ईञ्च वाटरड्रप डिस्प्ले र ८९% स्क्रिन रेसियो सहितको यस फोनले उच्च गुणस्तरिय दृश्यानुभव प्रदान गर्छ ।
स्क्रिनको सुरक्षार्थ कम्पनीले ओपो ए३१मा गोरिल्ला ग्लास थ्रीको ब्यवस्था पनि गरेको छ । यसमा रहेको आई प्रोटेक्सन स्क्रिन फिल्टरले हानिकारक ब्ल्यू लाइटबाट प्रयोग कर्ताका आँखालाई सुरक्षा प्रदान गर्छ ।
एकै हातले फोनको सहजप्र योग गर्न सकियोस् भन्ने सोचका साथ यसको मोटाइ ८.३एमएम हुने गरी डिजाइन गरिएको छ ।
ओपो ए३१को पछिल्लोतिर तीनओटा लेन्सको ब्यवस्था गरिएको छ । कम प्रकाश भएका स्थान पनि उत्कृष्ट तस्विर खिच्न सकियोस् भन्ने सोचका साथ फोनको प्रमुख क्यामेरामा १ २एमपी सेन्सर र एफ÷१.८ एपर्चरको ब्यवस्था गरिएको छ ।
यसमा रहेको २ एमपीमाक्रो लेन्सले थपजुम गरी विहानीको शित, फूलेको फूल लगायत साना चिजको आकर्षक तथा ठूलो आकारमा तस्विर लिन सकिन्छ । यी दुईका साथमा २ एमपी डेफ्ट सेन्सरको पनि फोनमा उपलब्ध गरिएको छ । यसले सब्जेक्टलाई ब्याक ग्राउण्डसंग छुट्याई पोट्रेट शट्समा उत्कृष्ट बोके उपलब्ध गराउन
मद्दत गर्छ । यसमा रहेको ८एमपीएफ÷२.० फ्रण्ट एआई ब्यूटिफिकेसन क्यामेराले अझ प्राकृतिक, सुन्दर सेल्फी खिच्न सघाउँछ ।
सार्वजनिक ओपोको नयाँ ए सिरिजमा १ सय २८ जीबी रोम उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार सञ्चय क्षमतालाई २ सय ५६ जीबी सम्मको माइक्रोएसडी कार्डको प्रायेग गरी बढाउन पनि सक्छन् ।
यसले गर्दा प्रयोगकर्ताले सञ्च यक्षमताको चिन्ता नगरी चाहना अनुसार तस्विर खिच्ने, भिडियो डाउनलोड गर्ने संगीत सञ्चयगर्ने लगायत कार्य गर्न पाउँछन् ।
ओपो ए३१लाई मिडियाटेकको शक्तिशाली १२ एनएम एमटी ६७६५ भीचिपसेटले सञ्चारित गर्छ । यसमा रहेको ४ जीबी ¥याम सहितको ओक्टाकोर प्रोशेसर उत्कृष्ट स्मार्ट फोन कार्य क्षमता प्रदर्शन गर्न २.३ जीएचजेडको गति लिने क्षमता राख्छ ।
यसमा रहेको ४ हजार २ सय ३०एमएएच क्षमताको ब्याट्री एक पटक पूर्णरुपमा चार्ज गर्दा प्रयोग कर्ताले १४ घण्टासम्मको अनलाईन भिडियो स्ट्रिमिङ वा ७ घण्टासम्म निरन्तर अनलाईन गेम्स तथा १ सय १० घण्टा अडियो प्लेब्याकको मज्जा लिन सक्छन् ।
फोनमा फिंगर प्रिन्ट अनलकका साथै सुदृढ सेक्योरिटी अल्गोरिथमका साथमा फेसियल अनलक पनि उपलब्ध गरिएको छ ।
निकै आकर्षक फिचर्स सुसज्जित स्मार्टफोन,ओपो ए३१को बजार मूल्य रु. २६ हजार ५ सय ९० निर्धारण गरिएको छ ।
यसका साथै कम्पनीले आफ्नो आईओटी उत्पादनअन्तर्गत नेपालीबजारमाओपो एन्को डब्ल्यू ११, एन्को डब्ल्यू ३१ र एन्को एम३१ पनि सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो अफलाइन रिटेल च्यानलमार्फत उपलब्ध गराउने ओपो एन्को डब्ल्यू११को बजार मूल्ये रु. ३ हजार ९ सय ९० निर्धारण गरिएको छ ।
त्यसैगरी ई-कमर्स प्ल्याटफर्म दराजमार्फत उपलब्ध गराइने दूई उत्पादनएन्को डब्ल्यू ३१को मूल्य रु. ६ हजार ९ सय ९० र एन्को एम३१को मूल्य रु. ४ हजार ९ सय ९० निर्धारण गरिएको छ ।




