इन्ट्याग्रीटी आइडल २०१८ को मनोनयन खुला

काठमाडौं ।  इन्ट्याग्रिटी आइडल २०१८ को मनोनयन खुला भएको छ । एकाउन्ट्याविलिटी ल्याबले सन् २०१४ देखि सुरु गरेको अभियान नेपालको सरकारी संयन्त्रभित्र सकारात्मक मनोवृति र अभ्यासको खोजी गर्ने आम नागरिकको अभियान हो ।

पूर्णतया सरकारी सेवा (निजामति ÷ शिक्षा) मा रहेर देशको भौगोलिक, राजनितिक, सांस्कृतिक र नितिगत जटिलतालाई प्रवाह नगरी सेवाग्राहीलाई सहज र सरल सेवा प्रदान गर्ने सन्दर्भमा थोरै पनि सम्झौता नगर्ने जुनसुकै ओहोदाका राष्ट्रसेवक कर्मचारीहरूलाई आम नागरिकले उनिहरूले पाएको सेवाको आधारमा वा देखेका सकारात्मक अभ्यासका आधारमा मनोनयन गर्न सक्नेछन् ।

अथवा त्यता कर्मचारीका सहकर्मि वा स्वयं कर्मचारी आफैले पनि मनोनयनकालागि आवेदन दिन सक्नेछन् ।
मनोनयन फारम इन्ट्याग्रिटी आइडलको आधिकारीक वेवसाई www.integrityidol.org/countries/nepal/बाट डाउनलोड गरेर भरेर पनि पठाउनसकिनेछ अथवा मनोनयन गरीएका फारमहरु मिति २०७५ साल वैशाख ३१ गते भित्र  [email protected] मा ईमेल गरी पठाई सक्नुपर्नेछ ।

प्राप्त मनोनयन मध्ये विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात पूर्व निर्धारीत मापदण्डका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय संयोजक रहने चार सदस्यीय स्वतन्त्र निर्णायक समितिले उपलब्ध सन्दर्भ सामाग्रीको सुक्ष्म अध्ययन अनुसन्धान गरी अन्तिम पाँचको छनोट गर्नेछन् ।

अन्तिम पाँच मध्ये सर्वोत्कृष्ट अर्थात् इन्ट्याग्रीटी आइडलको छनोट भने एसएमएस र वेभसाईटबाट प्राप्त जनमतको आधारमा निर्णय गरिने छ । सबै भन्दा बढि मत प्राप्त गर्नेलाई इन्ट्याग्रिटि आइडल पपुलर भोट घोषणा गरिने छ भने सम्मान कार्यक्रममा पाँचै जनालाई प्रशंसापत्र र ट्रफी सहित सम्मान गरिने छ ।

जनमुखी सेवाप्रवाहमा जोखिमयुक्त चुनौतिको सामना गर्दै आफ्नो क्षेत्रबाट प्रशासनिक सुधारमा लागिपरेका कमचारीले सम्मानको अनुभुति गरुन्, उनिहरू अन्य कर्मचारीको लागि उदाहरणीय बन्न सकुन, भावि युवा पिढिले सरकार अनि सरकारी कर्मचारी प्रति सकारात्मक सोचको विकास गर्न सकुन् र संरचना सुधार गर्ने सोचका साथ सरकारी सेवा प्रति आकर्षित होउन् भन्ने उद्देश्यका साथ सुरु भएको अभियान पाँचौ संस्कस्करण सम्म आईपुग्दा देशका बिभिन्न कुनाबाट सयौंको संख्यामा युवा स्वयं सेवकले यसको नेतृत्व लिईरहेका छन ।

त्यस्तै, उनिहरू मध्ये २० जनाले इन्ट्याग्रिटी फेलोसिप मार्फत इन्ट्याग्रिटी आइडलहरूसंग नजिकै रहेर काम गरीसकेका छन् । जसले संयन्त्र सुधारमा यनिहरू एकअर्काका परिपुरक हुन भन्ने देखाइसकेकोछ ।

नेपालबाट सुरु भएको यो अभियान आज लाईबेरिया, पाकिस्तान, मालि, दक्षिण अफ्रिका, नाइजेरिया लगायतका देशमा विस्तार भैसकेको छ भने फिलिपिन्स, र श्रीलंका लगायतका देशहरूमा यो अभियान सुरु हुने प्रकृयामा रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अनिषालाई ‘मिस हृयुमानिटी’को उपाधि

काठमाडौं । कम्बोडियामा आयोजित मिस प्लानेट प्रतियोगितामा नेपालकी अनिषा पराजुलीले ‘मिस हृयुमानिटी’को टाइटल चुम्नुभएको छ …

प्रतिकृया दिनुहॊस