गलकोटमा ६९ मिटर लामो झोलुङ्गे पुलको शिलान्यास

बागलुङ । गलकोट नगरपालिका वडा नं ७ मल्ममा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । वडा नं ७ स्थित आगाँखेत बामियाँ जोड्ने झोलुङगे पुलको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले शिलान्यास गरेका हुन् ।

शिलान्यास पछि बोल्दै नगर प्रमुख गैरेले गलकोट नगरपालिकाभित्र सम्पन्न हुन लागेका ५ वटा पुलमध्ये आगाँखेत बामिया जोड्ने झोलुङ्गे पुललाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताए । उनले पुल निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण समितिलाई आग्रह पनि गरे । उनले जनताको हरेक गतिविधिमा नगरपालिकाले सदैव सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले गलकोट नगरपालिका नगरको सम्बृद्धिमा सदैव तत्पर रहँदै विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताइन् ।

बि.वाई.सी बागलुङ र एस डब्लु ए पि को समन्वयमा गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/७७ मा विनियोजित ३७ लाख ५० हजारको लागतमा उक्त झोलुङ्गे पुल निर्माण गर्न लागिएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।

उनका अनुसार पुरानो पुल गत वर्ष बैशाख १ र २ गते हुलुवा खोलामा आएको बाढीले बगाएपछि स्थानीयलाई ओहोर दोहोर गर्न समस्या भएको थियो अब पुल निर्माण भएपछि आगाँखेत र बामियाका स्थानिय सँगै दिपज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई समेत खोला वारपार गर्न सहज हुनेछ ।

सो अवसरमा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, झोलुङ्गे पुल निर्माण समितिका संयोजक नर बहादुर थापा मगरले मन्तव्य राखेका थिए । आँगाखेत र बामिया जोड्ने उक्त झोलुङगे पुल ६९ मिटर लामो हुने उपभोक्ता समितिका सदस्य टेकनाथ गौतमले जानकारी दिए ।

पुल निर्माणको काम एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको पुल निर्माण उपभोक्ता समितीका अध्यक्ष रत्न बहादुर मल्लले जानकारी दिए । यो पुल भएर बागलुङ सदरमुकामसम्म पुग्न पश्चिम बागलुङसम्मका नागरिकहरु ओहोर-दोहोर गर्ने गर्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस