काठमाडौं । सिद्धार्थ बैंकले सुर्योदय नगरपालिका–०१ को गोर्खे बजार, लक्ष्मीपुरको सुकेपोखरी र गोदकको नारायण चोकसहित इलाममा तीन वटा शाखारहित सेवा सुचारु गरेको छ ।
गोर्खे बजार शाखारहित बैंकिङ सेवाका उद्घाटन सुर्योदय नगरपालिका–०१ का वडा अध्यक्ष राजकुमार सेराङ, लक्ष्मीपुर शाखारहित बैंकिङ सेवाका उद्घाटन सुर्योदय नगरपालिका–१३ का वडा अध्यक्ष धनबहादुर राई र गोदक शाखारहित बैंकिङ सेवाका उद्घाटन इलाम नगरपालिका–१० का वडा जेष्ठ नागरिक टेकबहादुर घिमिरेले गरेको बैंकले जनाएको छ ।
उक्त शाखारहित सेवाबाट ती क्षेत्रका बासिन्दालाई स्थानीय स्थरमै सहज रुपमा बैंकिङ सेवा प्राप्त गर्ने जनाइएको छ ।
तपाईंको प्रतिकृया




