उडिरहेको विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि…

काठमाडौं । पोल्याण्डको क्र्याकोफबाट आयरल्याण्डको डब्लिनतर्फ उडिरहेको एउटा विमानको शौचालयमा जहाजभित्र विस्फोटक पदार्थ भएको दाबी गरिएको पत्र भेटिएपछि आपत्कालीन अवतरण गराइएको छ ।

राइनएयरको उक्त उडानलाई ब्रिटेनको स्टानस्टेड विमानस्थलतर्फ मोडिएको थियो जहाँ एसेक्सका प्रहरीहरूले विमानको जाँच गरेका थिए । स्थानीय समय अनुसार साँझको ६ बजेर ४० मिनेटमा अवतरण गर्नुअघि दुईवटा लडाकू जेटले विमानलाई पहरा दिएका थिए ।

त्यसक्रममा रोयल एयर फोर्सको जेटहरूले गरेको हतारोपूर्ण उडानबारे मानिसहरूले सामाजिक सञ्जाल ट्विटरमा पोष्टहरू गरेका थिए । विमान सेवाका एकजना प्रवक्ता भन्छन्- ‘विमान सामान्य रूपमै अवतरण भयो । सुरक्षित रूपमै यात्रुहरू विमानस्थलको एक्ल्याइएको कुनामा उत्रनुपर्‍यो ।’

उनले विज्ञप्तिमा भनेकी छन्स् यूके प्रहरीले विमान र यात्रुहरूको जाँच गरिरहेको छ । र उनीहरूले नै अर्को विमानमा उनीहरू डब्लिनतर्फ उड्ने बारे निर्क्यौल गर्नेछन् । प्रहरीले अहिले विमानलाई एक्लो ठाउँमा लगेर जाँच गरिरहेको छ । बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा …

प्रतिकृया दिनुहॊस