भारतमा कोरोना संक्रमित ९ लाख नाघे, २३ हजार ७२७ को मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ५५३ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २८ हजार ४९८ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८ लाख नाघेको छ । भारतमा कुल संक्रमित ९ लाख ६ हजार ७५२ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै भारतमा अहिलेसम्म ५ लाख ७१ हजार ४६० जना ठिक भएका छन् भने ३ लाख ११ हजार ५६५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख ३८ हजार १२१ पुगेको छ भने मृतकको संख्या ५ लाख ७५ हजार ५४५ पुगेको छ । त्यस्तै विश्वभर ७६ लाख ९८ हजार ३७१ जना कोरोना संक्रमित ठिक भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस