मन्त्री रानाद्वारा माईजोगमाईमा निर्मित पक्की पुलको उद्घाटन

इलाम। माईजोगमाई गाउँपालिका-२( साबिक जोगमाई-४ र ५)मा निर्मित पक्की पुलको प्रदेश नं १ का भूमि व्यवस्था तथा कृषि सहकारी  राज्य मन्त्री राम रानाको प्रमुख आतिथ्यमा आज एक विषेश कार्यक्रमकाबीच समुद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रमको सभापतित्व माईजोगमाई गाउपालिकाका अध्यक्ष जित बहादुर राईले गरेका थिए भने विशेष अतिथीमा   इलाम क्षेत्र न.१ का   प्रदेश सभा सदस्य खिनु लिङ्वा लिम्बु, सुर्येदय नगरपालिकाका प्रमुख रण बहादुर राई लगायत रहेका थिए।

१६ मिटर लामो पक्की पुल २ करोड ६७ लाख लागतमा निर्माण सम्पन्न भएको हो।  पक्की पुलको निर्माणसँगै विगत दशकौँदेखि  जोगमाई खोलाका कारण बाह्रै महिना गाडी चल्न नसक्ने र स्थानिय वासीले लामो समयदेखी आवतजावतमा भोग्दै आएको समस्या अब समाधान भएको स्थानिय  शिक्षक खड्ग बहादुर थापाले बताउनु भयो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री