फाइल फोटो

नेपालमा कोरोनाः ४२.७ प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किए

काठमाडौं । नेपालमा कोभिड-१९ का जम्मा सङ्क्रमितमध्ये ४२.७ प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको सङ्ख्या ६ हजार ८११ पुगेको छ ।

यो कुल संक्रमितमध्ये ४२.७ प्रतिशत हो । प्रदेशानुसार प्रदेश नं १ मा ४६९ जना, प्रदेश नं २ मा दुई हजार ७२, बागमती प्रदेशमा ६३९ र गण्डकी प्रदेशमा २९५ सङ्क्रमित सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यो सङ्ख्या प्रदेश नं ५ मा तीन हजार ९८४, कर्णाली प्रदेशमा एक हजार २२२ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६९१ रहेको छ ।

त्यसैगरी ५७ दशमलव एक प्रतिशत अर्थात नौ हजार ११८ आइसोलेशनमा रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनका अनुसार देशभरमा ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा प्रदेश नं २ मा महोत्तरी र रौतहट, प्रदेश नं ५ मा पाल्पा रहेको छ । त्यस्तै, सुदूरपश्चिमको अछाम, कैलाली र बाजुरामा पनि सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after