प्रदेश १ : ३८ नयाँ संक्रमित थपिए, ४०६ जनाले जिते कोरोना

मोरङ । प्रदेश १ मा शुक्रबार ३८ जना कोभिड-१९ सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा ४ महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा ५/५ जनामा कोभिड-१९ पोजिटिभ रिपोर्ट देखिको छ । झापाको मेचीनगरमा १४, हल्दीबारीमा ३, अर्जुनधारामा २ महिलासहित ८, विर्तामोडमा १ महिला, कनकाईमा १ महिलासहित २, मोरङको विराटनगरमा ३, बेलबारी र बूढीगङ्गामा १/१, उदयपुरको वेलकामा ५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६ सय ५३ पुगेको छ । यस्तै, प्रदेशबाट शुक्रबार ६ जना सङ्क्रमितको निको भई घर फर्केका छन् । घर फर्कनेमा मोरङका चार र सुनसरीका २ जना रहेका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ४ सय ६ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री