गुल्मी पहिरो: डेढ वर्षे बालकको मृत्यु, दुई जना बेपत्ता

गुल्मी । गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परेर डेढ वर्षे बालकको मृत्यु भएको छ । एक जना पुरिएका छन् । इश्मा गाउँपालिका–१ हस्तीचौरको सारु गाउँमा गएको पहिरोमा परेर बसन्त सारुका डेढ वर्षका छोरा सिजन सारुको मृत्यु भएको छ । त्यस्तै रिखबहादुर खत्रीकी ७ वर्षीया छोरी अपेक्षा खत्री बेपत्ता छिन् ।

स्थानीय इश्वरा खत्रीसहित चार जना गम्भीर घाइते रहेको वडा सदस्य जंगबहादुर कुँवरले जानकारी दिएका छन् । इश्मा गाउँपालिका– १ का स्वास्थ्य इन्चार्ज सम्शुल हक मियाले सारुगाउँमा गएको पहिरोमा दुई घर पुरिएको र दुई जना बेपत्ता भएको बताएका छन् ।

त्यस्तै मुसिकोट नगरपालिकामा पनि एक जना बेपत्ता भएका छन् । बिहीबार रातिदेखि परेको वर्षाले मुसिकोट नगरपालिका–२ मा आठ गोठ र २ घर बगाएको छ । ‘अहिले पहिरो झरिरहेकाले पुग्न सक्ने अवस्था पनि छैन्,’ स्वास्थ्य इन्चार्ज मियाल् भने, ‘गाउँमा पुग्न सक्ने सहज बाटो पनि नभएकाले अर्को बाटो हुँदै उद्धारका लागि जाने प्रयास भइरहेको छ ।’

घटनास्थलमा मुसिकोट प्रहरी चौकीबाट प्रहरी पुग्न थालेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए । पहिरोले इश्मामा २ घर बगाएको र मुसिकोटमा कम्तिमा ५ घर बगाएको जानकारी आएको उनले बताए । ‘इश्मा र मुसिकोटमा स्थानीय चौकीको प्रहरी टोली पुगिसकेको छ,’ उनले भने, ‘उद्धारको कार्यमा लागेकाले थप विवरण आइपुगेको छैन ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खेल्दाखेल्दै खाल्टोमा खसेर २ किशोरीको मृत्यु, एक बेपत्ता

काठमाडौं । कञ्चनपुरमा खाल्टोमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । …

प्रतिकृया दिनुहॊस