धनुषामा १३ वर्षीया बालिका सामूहिक बलात्कृत

धनुषा ।धनुषामा गएराति  १३ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन्। यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाका अनुसार बुधबार राति घरमा कोही नभएको मौका छोपी सहिदनगर नगरपालिका– ८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दीपेश बिराजीले बालिकालाई बलात्कार गरेका हुन् ।

पीडित बालिकालाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि इलाका प्रहरी कार्यालयले जनकपुर अञ्चल अस्पताल पठाएको छ। घट्नामा संलग्न दुबै अभियुक्तको खोजतलास भइरहेको  प्रहरीले  बताएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री