रौतहटका कोरोना संक्रमितको ललितपुरमा मृत्यु

काठमाडौं । ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार साँझ स्टार अस्पतालको कोभिड आईसीयू भर्ना गरेर भेन्टिलेटरमै राखिएका उनको त्यही राती मृत्यु भएको थियो ।

उनको पीसीआर रिपोर्ट भने आइबार साँझ मात्रै प्राप्त भएको हो । अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीका अनुसार उनको छातीमा गम्भीर संक्रमण देखिएको थियो ।

रौतहटका ३० वर्षीय ती युवकको छातीमा गम्भीर समस्या देखिएको थियो । शव डिस्इन्फेक्ट गरी प्लास्टिकमा सुरक्षित साथ बेरेर सेनाको जिम्मा लगाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माधव नेपालको पार्टीमा म छैन : प्रेम आले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू पार्टीमा नरहको बताएका छन् । महाधिवेशनमा …

प्रतिकृया दिनुहॊस