“डि सिने अवार्ड २०७५”काठमाडौंमा हुने

काठमाडौं । डि-सिने अवार्डको दसौं संस्करण काठमाडौंमा हुने भएको छ । पहिलो, दोश्रो र तेश्रो राष्ट्रिय नाचघर जमलमा, चौथो, पाचौं र छैठौं नेपाल एकेडेमी कमलादीमा, सातौं कार्की वैंकेट ववरमहलमा, आठौं संस्करण ग्राण्ड होटल पोखरामा एवं नवौं संस्करण ओम्याक्स हेटौडामा आयोजना गरिएको डि सिने अवार्ड १० औं संसकरण काठमाडौंमा आयोजना गरिने कार्यक्रम संयोजक मणीराज गौतमले बताएका छन् ।

 

गौतमका अनुसार ०७४ को वैशाख १ देखी चैत्र ३० सम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रहरु अवार्डका लागि भिड्ने छन् ।

खासगरी डिजीटल प्रविधिमा निर्माण भएका चलचित्रलाई प्रोत्साहित गरी नेपाली चलचित्रमा प्राविधिक गुणस्तरको बृद्धिमा सघाउ पु¥याउने उद्देश्यले डि सिने अवार्डको स्थापना २०६६मा भएको थियो ।

प्रविधिको विकाशसँगै डि सिने अवार्डको लक्ष्य अनुसार सबै नेपाली चलचित्र डिजिटलमा बन्न थालेको पनि ४÷५ वर्ष भैसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री