काठमाडौं । ३३ वर्ष पुरानो लोकप्रिय सिनेमा ‘सम्झना’ को ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ गीत आफ्नो सिनेमा ‘कृ’मा बिना अनुमति नलिर्इ प्रयोग गरेकाे भनी निर्माता सुवास गिरीले ‘सम्झना’का निर्माता शम्भु प्रधानलाई क्षतिपूर्तिवापत ११ लाख रुपैयाँ तिरेका छन् । साे रकमवापतको कर ‘कृ’का निर्माता सुवास गिरी तथा सम्झनाका निर्माता शम्भु प्रधानले आधाआधा तिर्ने सहमति पनि भर्इसकेकाे छ।

११ लाख रुपैयाँ बुझेपछि निर्माता प्रधानले यो नेपालमा पाइरेसीमा क्षतिपूर्ति तिरेको पहिलो घटना भएको वताएका छन् । महानगरीय प्रहरी परिसरमा यो विवाद अन्त्यका लागि भुवन केसी, निर्देशक आकाश अधिकारी, निर्माता अशोक शर्मालगायत उपस्थित थिए । फिल्मको गीत पाइरेसी गरेको अभियोगमा निर्माता गिरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको थियो।
शम्भु प्रधानले २०४३ सालमा निर्माण गरेको चलचित्र सम्झनामाको ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि…’ गीत ‘कृ’ फिल्ममा बिना अनुमति प्रयोग गरेको अभियोगमा गिरीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएकाे थियाे । ‘सम्झना’मा भुवन केसी नायक थिए भने ‘कृ’मा केसीका छोरा अनमोल केसी नायक भएका छन्।




