काठमाडौं । शिवम सिमेन्टले ५२ करोड रुपैयाँको सार्वजनिक सेयर निष्कासन गर्न आवेदन दिएको छ । सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनी भित्राउने प्रयास भइरहेको समयमा शिवम सिमेन्टले आइपिओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
साे बोर्डमा शिवम सिमेन्टले दिएको निवेदनमा ५२ लाख ८० हजार कित्ता साधारणस सेयर जारी गर्न अनुमति मागेको उल्लेख छ । ८ लाख ८० हजार कित्ता सेयर सिमेन्ट उद्योगको स्थानीयको लागि छुट्टाइएको छ । शिवम सिमेन्ट पछिल्लो समय सिमेन्ट बजारमा आक्रमक रुपमा लगानी गरेको छ ।
तपाईंको प्रतिकृया




