लक्ष्मी बैंकले ल्यायो दोहा बैंकबाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण

काठमाडाैं । लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर बराबरको बैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ ।

२०७७ साल बैशाख १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह  र  दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात सो ऋण रकम प्राप्त भएको हो । सो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री