कोरोना भाइरस अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार ९ सय ४३पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार ९ सय ४३ जना पुगेको छ भने ८४ लाख ६६ हजार २ सय ५६ जना सङ्क्रमित रहेका छन् ।4,438,978

त्यसैगरि ४४ लाख ३८  हजार ९ सय ७९  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख १९  हजार ९ सय ४३ जनाको, ब्राजिलमा ४६ हजार ६  सय ६५  जना, बेलायतमा ४२ हजार १ सय ५३  जनाको र इटालीमा ३४ हजार ४ सय ४८  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ३ लाख ६८ हजार ६ सय ४८  जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या १२  हजार २ सय ७५ जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ८  सय ४८  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २२  जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री