जीवितलाई मृत्यु भएको भन्दै अस्पताल तोडफोड

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीका आफन्तले आफ्नो बिरामीको मृत्यु भएको भन्दै बिहीबार तोफोड गरेका छन् । उनीहरुले अस्पतालको सघन उचारकक्ष बाहिर तोडफोड गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार तोडफोड गर्ने तीन जनालाई पक्राउ गरी साँझ छाडिएको छ । उनीहरुले ढुङ्गा प्रहार गर्दा सघन उपचारकक्षको बाहिरको सिसा फुटेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार भरतपुर महानगरपालिका–२२ पदमपोखरीका १७ वर्षीय युवक आशिष सुनारको एपेन्डीसाइडको शल्यक्रियापछि उपचार भइरहेको छ । कलेजका अध्यक्ष प्रा डा हरिशचन्द्र न्यौपानेका अनुसार ती युवकको जटिल प्रकृतिको एपेण्डिक्स भएको हो ।

हाल उनको सघन उपचारकक्षमा उपचार भइरहेको भन्दै बुझ्दै नबुझी मृत्यु भएको भनेर तोडफोडमा उत्रिएको उनले बताए । कोही कसैको लहैलहैमा हुने यस्ता समस्याले गर्दा अस्पतालमा कार्यरत चिकित्सकको मनोवल घट्ने उनको भनाइ छ ।

चिकित्सकले जानीजानी लापरवाही नगर्ने भन्दै उनले समस्या परे जो कोहीले कानूनको बाटो रोज्नुपर्ने बताए । उनले यो कारोना सङ्क्रमणको समयमा ज्यान जोखिममा राखेर काम गर्ने चिकित्सकको मनोवल गिर्न नदिन पनि उनले आग्रह गरे । रासस

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस