मंगलबारदेखि मन्त्रालयमा फेसबुक नचल्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाउने भएको छ।

कार्यालय समय बिहान १० बजेदेखि अपराहन्न ५ बजेसम्म सरकारी कार्यालय फेसबुक चलाउन प्रतिबन्ध लगाउन गृहकार्य सुरु भएको हो ।

कर्मचारीहरु जनताको काममा भन्दा फेसबुकमा व्यस्त हुन थालेपछि प्रदेश सरकारले फेसबुकमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो।

पहिलो चरणमा प्रदेश सरकारका सबै मन्त्रालयमा मंगलबारदेखि फेसबुक चलाउन पाइने छैन। ‘सरकारी कार्यालय हाताभित्र सरकारी समयमा फेसबुकमाथि प्रतिवन्ध लगाइएको हो’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘विस्तारै प्रदेशभरी यसलाई कार्यान्वयन गछौं।’ उनले क्षेत्रीय तथा जिल्ला कार्यालयहरु प्रदेश सरकार मातहत नआएकाले तत्कालका लागि मन्त्रालयहरुमा मात्रै कार्यालय समयमा फेसबुक नचल्ने बनाइने बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप