आज रामनवमी पर्व मनाइँदै

काठमाडौं ।  चैत्र शुक्ल नवमीका दिन आइतबार मर्यादा पुरुषोत्तम भगवान् रामको स्तुति तथा भजन गरेर रामनवमी मनाइँदैछ ।

आज बिहान ७ बजेर ३४ मिनेट सम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व मनाउनु पर्ने शास्त्रीय वचन रहेकाले दुवै पर्व यस वर्ष आइतबार ( आज) नै परेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद प्रा. डा. रामचन्द्र गौतमले बताएका छन् ।

पशुपति रामघाटस्थित रामचन्द्र मन्दिर, कालमोचनघाटको राम मन्दिर जोगी अखडा, डिल्लीबजारको रामचन्द्र बहाल लगायत भगवान् रामका उपत्यकाका विभिन्न मन्दिरमा भजन कीर्तन सुरु गरिएको छ ।

जनकपुरको राम जानकी मन्दिर, रामधुनी मठ, जलेश्वर लगायतका स्थानमा यो दिन भव्य सत्सङ्ग आयोजना हुने गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री