काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा हालसम्म नवौं व्यक्तिको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । ती ब्यक्ति जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए । साेहीक्रममा उनको अपरेसन गरिएको थियो । १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो भने रिपोर्ट पोजेटिभ आएको छ ।
त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचार गर्दागर्दै अाज मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
तपाईंको प्रतिकृया




