डडेल्धुराको क्वारेन्टिनमा ३० वर्षीया महिलाको मृत्यु

काठमाडौं । डडेल्धुरामा क्वारेन्टाइनमा राखिएकी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन अघि नेपाल आएका थिए । मृतकको स्वाब संकलन गर्ने तयारी भईरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री