बाँकेमा मध्यराति सवारी दुर्घटना, सल्यान जाँदै गरेका १२ जनाको मृत्यु

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका-२ ठुरियामामा सवारी दुर्घटना हुँदा १२  जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी राती करिब १ बजेतिर बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगंजबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी रोकिराखेको ट्रकमा ठोकिएर दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनाको मृत्यु हो । ३३ जना सवार रहेको २१ जना घाइते भएका छन् ।

भारतबाट उद्धार गरेर नेपालगंजबाट सल्यानतर्फ यात्रु लिएर जाँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको हो । घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री