अब हङकङबाट पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरको बिप्रेषण सेवा सुरु : पहिलो हप्ता भरी निशुल्क रकम पठाउन सकिने

काठमाडौं । हङकङको ख्यातिप्राप्त KME Remittance लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ ।

हङकङमा रहनुभएका नेपालीहरुले KME Remittance को सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिनेछ र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७ हजार ५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने , नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र KME Remittance लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरुङ्गले हस्ताक्षर  गरे ।

एक औपचारिक समारोहकाबीच हङकङबाट नेपाल पठाउने पहिलो बिप्रेषण कारोबार नेपालको लागि हङकङका महाबाणिज्य दूत  कमल प्रसाद भट्टराईद्वारा उदघाटन गरी रेमिटान्स कारोबार सुरु गरिएको छ ।

साथै नेपाल बिप्रेषण पठाउदा १ हप्ता को लागि निशुल्क पठाउने ब्यबस्था गरिएको छ र यो ब्यबस्था ३१ मे २०२० सम्म लागु हुनेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७हजार ५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप