पत्रकार राहत कार्यक्रम घोषणा गर्न कांग्रेस सभापति देउवाको आग्रह

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई बचाउन सरकारले विशेष राहत प्याकेजसंग सम्बन्धित कार्यक्रम घोषणा गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवस मनाउन मंगलबार आयोजित भर्चुल कार्यक्रममा देउवाले पत्रकारहरूसमेत कोरोनाबाट संक्रमति हुन थालेको बताउँदै पत्रकारहरूलागि विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग आग्रह  गरे ।

सभापति देउवाले लामो लकडाउनले सामाजिक रूपमा समस्या सिर्जना हुन थालेको र बेथितिहरूसमेत देखिन थालेको बताए ।   उनले भने, ‘परीक्षणको दर बढाइनुपर्छ । सरकारले स्वास्थ्य सामग्रीको उपलब्धतासमेत बढाउनुपर्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री