काठमाडौं । कोरोना भाइरस(Covid19)को महामारीबाट आक्रान्त बनेको अवस्थामा यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना समस्त कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड -१९ बीमा गराएको छ ।बैंकमाकार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्ड लगायत कायगतकाoutsouced कर्मचारी गरि करिव १हजार ५ सय जनाको कोभिड -१९ बीमा नेपाल इन्स्योरेन्ससँगको सहकार्यमागरिएको कुरा बैंकले जनाएको छ।
बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोके बमोजिमको रकम क्षतिपूर्ति बापत उपलब्ध गराउने कुरा बीमा लेखमा उल्लेख गरिएको छ ।
सामाजिक दुरीको अवाधराणालाई चैत्र महिनाबाटै प्रयोगमा ल्याएको यस बैंकले आफ्ना कर्मचारीहरुलाई मास्क, सेनिटाईजर तथा पन्जा लगायतका सुरक्षा सामाग्रीहरु उपलब्ध गराई वित्तीय सेवाहरु सावधानी पूर्वक प्रदानगरिरहेको छ।
विभिन्न सावधानीकाविधिहरु अवलम्बनगर्दै गर्दा पनिकुनै भवीतव्यभई आएको खण्डलाई मननगर्दै बीमागरिएको कुरा बैंकले जनाएको छ।
कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु ७लाखका दरले रु ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख गरि हालसम्मकुल ५५ लाखको सहयोग गरेको छ ।
विश्वका अधिकांश मुलुकहरु कोरोनाभाइरस (Covid19) को महामारीबाट आक्रान्त बनेको अवस्थायस बैंकले सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदानगर्न हर सम्भव प्रयाशगरिरहेको छ ।
नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै बैंक लकडाउनको अवधिमा पनि ग्राहकहरुको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदानगर्दै आएको छ ।
बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिनबैंकिङ्ग सेवादिँदै आएको छ ।कोरोना भाइरस (Covid19) महामारीको जोखिमन्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथामतथा नियन्त्रणको प्रयासलाई टेवापुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथामोबाइल बैंकिङ्गलगायतकाविद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।
साथै यस बैंकको ए.टि.एमकुनै पनि बैंकको ए.टि.एममाप्रयोग गर्दा शुल्कनलाग्ने व्यवस्था गरेको छ ।



