सनराइज बैंकले दियो चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाईपीपीई

काठमाडौं । सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउपालिकालाई पीपीई सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी बिमल ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी बैंकले महाभारत गाउँपालिकालाई १० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई र एक हजार थान मास्क हस्तान्तरण गरेकोे  छ ।

बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले गाउँपालिकाका मेयर हरि सिंह बिष्टलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप