काठमाडौं । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्बाट स्वीकृत भए अनुसार लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा सार्वजनिक भएको हो ।
मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्मा अर्यालले नक्सा सार्वजनिक गरेकी हुन् ।

अब सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तकमा नयाँ संस्करण बमोजिमका नक्साहरू प्रयोग हुनेछन् ।
साथै आम प्रयोगकर्तालाई पनि अब नयाँ संस्करण बमोजिमको नक्सा प्रयोग गर्न मन्त्री अर्यालले आग्रह गरिन् ।
तपाईंको प्रतिकृया



