झापा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित थपिए

काठमाडौ। झापा र सुनसरीमा नयाँ ११ जना कोरोना संक्रमित थपिएका छन् ।

झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ भने  बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २  जनामा कोरोना पुष्टि भएकाे छ ।

झापामा ९ जना र सुनसरीमा २ जना गरि ११ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा  कोरोना संक्रमितको संख्या ३ सय ८६ पुगेको छ ।नेपालमा हालसम्म  कोरोनाबाट  २ जनाको मृत्यु  भएको छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप