संक्रमित नर्सले वीपी प्रतिष्ठानमा रिफर गरेकी सुत्केरीमा देखिएन कोरोना

काठमाडौं । धनकुटाकी कोरोना संक्रमित नर्सले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेकी सुत्केरी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

ती महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रसुती विभाग प्रमुख प्राडा.मोहनचन्द्र रेग्मीले जानकारी दिए । डा. रेग्मीका अनुसार महिलामा कोरोना नदेखिएपछि प्रसुती वार्डका सम्पूर्ण सेवा सुचारु भइसकेको छ ।

सुत्केरी महिलालाई रेफर गर्ने नर्समा कोरोना पुष्टि भएपछि प्रतिष्ठानको प्रसुती वार्डलाई सिल गरिएको थियो । महिलाको रिपोर्ट नेगेटिभ आएसँगै गएराती १२ बजेदेखि नै सेवा सुचारु गरिएको हो । ती सुत्केरी महिलालाई शुक्रबार प्रतिष्ठानको गाइनो वार्डमा भर्ना गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप