कोरोना अपडेट :मृत्यु हुनेको संख्या ३ लाख १६ हजार ९ सय ५९ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ३ लाख १६ हजार ९ सय ५९ जना पुगेको छ भने   ४८ लाख १९ हजार २ सय ७७ जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि,१८ लाख  ६४ हजार  १ सय ९४ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र फ्रान्स छ ।

अमेरिकामा हालसम्म ९० हजार ९ सय ८०  जनाको, बेलायतमा ३४ हजार ६ सय ३६ जनाको , इटालीमा ३१ हजार९ सय ८  जनाको र फ्रान्समा  २८ हजार १ सय ८  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म९६ हजार १ सय ६९  जना कोरोना सङ्क्रमित छन् भने ३ हजार२९ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ सय ४  पुगेको छन् भने  २ जनाको कोरोना भाइरसको मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री