काठमाण्डौ। विहिवार मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान सुरु गरेको छ।
कोरोना भइरसको संक्रमणको सम्बन्धमा जानकारी दिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुरा बताएका हुन्।
बैशाख २३ गते त्रि.वि. शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएकी निज महिला डिस्चार्ज पश्चात घर फर्केकी थिईन। घर गएपश्चात निजलाई स्वास प्रस्वास सम्बन्धि समस्या र ज्वरो देखिएपछि उपचारको लागी धुलिखेल अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको थियो।
मृतक सुत्केरी महिलाको धुलिखेल अस्पतालमा भएको परिक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएपश्चात मन्त्रालयले निजको मृत्यु कोरोना संक्रमणको कारणले भएको हो वा अन्य कारणले भएको हो भन्ने विषयको यकिन गर्न थप अनुसन्धान अगाडी बढाएको हो।




