हिमालयन बैंकको नाफा १५ प्रतिशतले वृद्धि

काठमाडौं । हिमालयन बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार चैत समसान्तमा गत आवको सोही अवधिको भन्दा मुनाफा १५.०५ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ३१ करोड १७ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा २९ करोड ७६ लाख ३७ हजार रूपैयाँ बढी हो ।बैंकको विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा ८२ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा बढेर ३ अर्ब ८ करोड ६४ लाख २६ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरि, खुद ब्याज आम्दानी ३ अर्ब ७५ करोड ३४ लाख ३५ हजार रुपैयाँबाट बढेर ३ अर्ब ८४ करोड २४ लाख ६४ हजार रुपैयाँ पुगेको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ६ अर्ब ७८ करोड ९० लाख ५६ हजार रूपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकले १ खर्ब १६ अर्ब ३२ करोड ४४ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब ८२ करोड १० लाख ३२ हजार रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा १.३१ प्रतिशतबाट घटेर १.११ प्रतिशतमा झरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप