काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पनि निर्विरोध भएका छन् । उपराष्ट्रपति पदमा उनको मात्र उम्मेदवारी परेकाे हो । निर्विरोध निर्वाचित भएको भने भोलि मात्रै घोषणा हुनेछ ।
पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् । उता समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन् ।
तपाईंको प्रतिकृया




