काठमाडौं । सानिमा बैंक र दराज प्रा.लि.बीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा उक्त छुट दिने सम्झौता भएको छ ।
सम्झौतामा सानिमा बैंकका तर्फबाट बिक्रम श्रेष्ठ प्रमुख डिजिटल बैंकिङ्ग र दराजका तर्फबाट प्रवन्ध निर्देशक लिनो एलेरिङ्गले हस्ताक्षर गरे ।
अब सानिमा बैंकका ग्राहकले हरेक साेमबारकाे दिन दराजबाट सामान किन्दा १० प्रतिशत छुट पाउने भएका हुन ।
यससँगै, सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्ड मार्फत शपिङ्ग गर्दा १० प्रतिशत वा अधिकतम ५ सयसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजना आज बैशाख २२ गते देखि लागू हुनेछ ।
यस सम्बन्धि थप जानकारी बैंकको हटलाइन नं ०१-४४४३९०१ बाट प्राप्त गर्न सक्ने छन् ।
तपाईंको प्रतिकृया



