सिद्धार्थ बैंकले ल्यायो नगद फिर्ता योजना, भिसा कार्डबाट सपिङ गर्दा १० प्रतिशत रकम

काठमाडौं । सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा नगद फिर्ता (क्यास ब्याक) योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत् यस बैंकका भिसा कार्डका नयाँ ग्राहकहरुले आफ्नो भिसा डेबिट कार्ड एक्टिभेट गरेको १५ दिनभित्र उक्त कार्डबाट कारोबार गरेको खण्डमा उक्त पहिलो कारोबार अन्तर्गत् भएको कुल खरिद रकमको १५ % वा अधिकत्तम रु १ हजार रुपैयाँ सम्मको नगद आफ्नो खातामा फिर्ता पाउनेछन् ।

यसैगरी   भिसा कार्डको प्रयोग गरिरहेका बैंकका ग्राहकहरुले नेपालभित्र आफ्नो भिसा डेबिट/क्रेडिट/प्रिपेड कार्डमार्फत्  तीन वा तीनभन्दा बढी खरिद कारोबारमा कुल न्यूनतम रु १ हजारको खरिद गरेको खण्डमा आफ्नो खरिद रकमको १० % वा अधिकत्तम रु १ हजारसम्मको नगद आफ्नो खातामा फिर्ता पाउन सक्नेछन् । बैंकले सञ्चालनमा ल्याएको यो योजना चैत्र मसान्तसम्म जारी रहने जानकारी गराएको छ ।

ग्राहकहरुलाई वस्तु तथा सेवाको खरिद गर्दा नगदको प्रयोगको सट्टा कार्ड मार्फत् भुक्तानी गर्न अभिपे्ररित गर्नका लागि यस योजना संचालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकले हालै देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, , १०७ एटिएम र ६८७ पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड गरेको छ भने कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस