कायममुकायम हैसियतमा न्यायाधीश जोशीले तोके आजका इजलास

काठमाडौं ।  सर्वोच्च अदालतमा कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा दीपकराज जोशीले इजलास र पेसी तोकेका छन्। जोशीले कामुको हैसियतामा बिहीबार १० वटा इजलास तोकेका हुन्।

उनले एउटा एकल र ९ वटा संयुक्त इजलास तोकेका छन्। सर्वोच्च अदालतको वेबसाइटमा विश्वम्भरप्रसाद श्रेष्ठ र डम्बरबहादुर खतिवडा, अनिलकुमार सिन्हा र तेजबहादुर केसी, केदारप्रसाद चालिसे र तेजकुमार कार्कीका संयुक्त इजलास तोकिएको उल्लेख छ।

केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारी, हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराई, दीपकुमार कार्की र बमकुमार श्रेष्ठको इजलास तोकिएको छ। त्यस्तै मीरा खड्का र प्रकाशमान सिंह राउत, सारदाप्रसाद घिमिरे र सपना मल्ल प्रधान, ओमप्रकाश मिश्र र टंकबहादुर मोक्तान, चोलेन्द्रशमशेर जबरा र डम्बरबहादुर शाहीको इजलास तोकिएको छ। जोशीले आफ्नै नाममा पनि इजलास तोकेका छन्।

अन्‍नपूर्ण पोस्ट्

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

राजदूत सिफारिस लम्साल र यादवविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई जना राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds