कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या ९६ हजार ७ सय ९१ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको  संख्या ९६हजार ७ सय ९१ पुगेको छ भने  १६ लाख १५ हजार ४९ जना हाल सङ्क्रमित रहेका छन् ।

सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  इटली, अमेरिका ,स्पेन  र फ्रान्स छ । इटालीमा हालसम्म १८ हजार २ सय ७९  जनाको, अमेरिकामा १६ हजार ६ सय ९७  जनाको, स्पेनमा १५ हजार ८ सय ४३    जनाको र फ्रान्समा १२ हजार २ सय १०  जनाको मृत्यु भएको छ।

त्यसैगरि,  छिमिकी मुलुक भारतमा  हालसम्म ६ हजार ७ सय ७१ जना कोरोना सङ्क्रमित  छन् भने २२८जनाको मृत्यु भएको छ।

नेपाल हालसम्म ९ जना   कोरोना  सङ्क्रमित फेला परेकोमा १ जना  उपचारपछि घर  फर्किएका छन् भने  ८  उपचारत  छन् । चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री