काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे संख्या ६५ हजार ८ सय ७८ छ भने १२ लाख १८ हजार ९ सय ९१ जना हाल सङ्क्रमित रहेका छन् ।
सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश इटली, स्पेन ,अमेरिका र फ्रान्स छ।
इटालीमा हालसम्म १५ हजार ३ सय ६२ जनाको, स्पेनमा१२ हजार ४ सय १८ जनाको ,अमेरिकामा
८ हजार ४ सय ५४ जनाको र फ्रान्समा ७ हजार ५ सय ६० जनाको मृत्यु भएको छ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।
तपाईंको प्रतिकृया



