कामना सेवा विकास बैंकले दियो दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई खाद्यान्न सामाग्री

काठमाडौं ।   कामना सेवा विकास बैंकले लक डाउनका कारण छाक टार्न समस्यामा परेका दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

बैंकले विपतको समयलाई मध्यनगर गरि सहयोग गरेको जनाएको छ ।

बिहिवार धनगढी उप–महानगरपालिकालाई नगरस्तरीय बिपद ब्यबस्थापन समितिलाई  बैंकका तर्फबाट ५० कट्टा चामल ,५ कट्टा दाल,तेल १० पेटी, नुन २ कट्टा,सोयविन ६ कट्टा र चिउरा ४ कट्टा नगरस्तरीय बिपद ब्यबस्थापन समितिलाई बुझाएको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री