काठमाडौं । नेपाल प्रेस युनियनले कोभिड १९ महामारी रोक्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहतका विशेष प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणबारे सजग भएर केही सञ्चारमाध्यम बन्द हुँदा श्रमजीवी पत्रकारलाई जीवन गुजारा गर्न कठिन भएको भन्दै युनियनले राहत प्याकेज घोषणाको माग गरेको हो।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सोमबार एक विज्ञप्ति जारी ्गर्दै लकडाउन अवधिको लागि श्रमजिवी पत्रकार र सञ्चारमाध्यमका लागि विशेष आर्थिक सहुलियतको योजना ल्याउन माग गरेका हुन् ।
अहिले बन्द भएका सञ्चारमाध्यमलाई माथि उकास्न कठिन हुने भन्दै युनियनले विशेष आर्थिक प्याकेज तयार गर्दै त्यसमा नवीकरण र कर छुटसमेत समावेश गर्न माग गरेको छ।
यस्तो छ विज्ञप्ति

तपाईंको प्रतिकृया




