सिटिजन्स बैंकले कोरोना रोकथामका लागि प्रत्येक प्रदेशलाई दियो ७ / ७ लाख रुपैयाँ

काठमाडौं । कोरोना भाइरसको रोकथामकालागिसरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोष’मासिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेरु रु. ४९लाख सहयोग गरेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेलाबैंकलेसंस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गतप्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु. ७लाखका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो ।

यस विपतको घडीमाबैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथ -साथै सिमान्तकृत तथानिम्नआयभएका नेपालीहरुको दैनिकअत्यावस्यक सामाग्रीहरु प्रदानगर्नटेवापुग्ने विश्वास बैंकले लिएको छ।

महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंककाप्रमुखकार्यकारी अधिकृत गणेश राजपोखरेलले बताउनु भएको छ।यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलमलगाउन टेवापुग्ने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमापनिग्राहकको सुविधाकालागिअत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदानगर्दै आएको छ ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिनबैंकिङ्ग सेवादिँदै आएको छ ।

कोरोना भाइरस COVID-19 महामारीको जोखिमन्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथामतथा नियन्त्रणको प्रयासलाई टेवापुर्याउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेट तथामोबाइल बैंकिङ्गलगायतकाविद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

साथै यस बैंकको ए.टि.एमकुनै पनि बैंकको ए.टि.एममाप्रयोग गर्दा शुल्कनलाग्ने व्यवस्था गरेको छ र हरेक ए.टि.एममा पर्याप्त मात्रामा नगद रहेको कुरा समेत बैंकले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री