बिरालोमा पनि देखियो कोरोना भाइरस

काठमाडौं ।महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण बिरालोमा पनि देखिएको छ ।

बेल्जियमको एउटा बिरालोमा कोरोना भइरसबाट संक्रमित भएको फेला परेको छ । बिरालोमा घरमालिकबाट कोरोना भाइरस सरेको बताइएको छ ।

बिरालोमा कोभिड–१९ को संक्रमण भएको यो पहिलो घटना हो । यसअघि हङकङमा दुईवटा कुकुरमा कोभिड–१९ को संक्रमण देखिएको थियो ।

विशेषज्ञहरुले भने यो घटना अपवाद् भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो सुरक्षाको विषयमा नडराउन सबैलाई आग्रह गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री