राष्ट्रपतिमा विद्यादेवी भण्डारी र लक्ष्मी राईको उम्मेदवारी दर्ता

काठमाडौं । फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसकी नेतृ  कुमारी लक्ष्मी राईले उम्मेदवारी दिएका छन् ।

। भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती छन् । समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।

यस्तै कांग्रेसकी उम्मेदवार राईको मनोनयनमा  चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी छन् भने समर्थकमा मेखलाल श्रेष्ठ राधा घले लगायत छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रवेशाज्ञा बिना नेपाल पसेका बंगलादेशी पक्राउ

काठमाडाैं ।  प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका …

प्रतिकृया दिनुहॊस