माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइरालालाई नियुक्त भएका छन् । बैंकको संचालक समितिको ४१७ औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा कोइरालालाई नियुक्त गरेको हो ।

आगामी वैशाख १ देखि लागू हुनेगरी ४ वर्षको कार्यकालका लागि उनलाई नियूक्त गरिएको बैंकले जनाएको छ । हाल उनी यस बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । विगत ७ वर्षदेखि यस बैंकमा कार्यरत कोइरालासँग समग्र बैकिङ्ग क्षेत्रको २१ वर्षको अनुभव छ ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्याण्डको इरासमस यूनिभर्सिटीबाट “एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम”मा डिप्लोमा गरेका छन् । बैंकका हाल १५९वटा शाखा, ५ वटा एक्टेन्सन काउन्टर, १४८ वटा शाखारहित बैकिङ्ग सेवा तथा १९६ एटिएमबाट सेवा उपलब्ध गराउँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस