रौतहट । क्रिकेटको ईतिहासमा रौतहट जिल्ला आफैमा महत्व राख्ने ठाउ रहेको छ । रौतहट जिल्लाबाट उत्पादन भएका सो खेलका खेलाडि जिल्ला भरी मात्र सिमित नभई कयौं राष्ट्रिय अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । रौतहट घर भएका र रौतहट जिल्ला बाटै क्रिकेट खेल्न शुरु गरेका क्रिकेट खेलाडि जितेन्द्र मुखिया जो २०।२० विश्व कपको खेल खेली सकेका छन् ।
मुखिया त एक उदाहरण मात्र हुन यस्ता दर्जनौं खेलाडि जो नेपाली राष्ट्रिय क्रिकेट टिममा खेलि सकेका छन् । यसरी रौतहट जिल्लाले उत्कृष्ट खेलाडि उत्पादन गरि रहदा पनि जिल्लामा क्रिकेटको खासै विकास भएको देखिदैन् ।
पछिल्लो केहि समय यता क्रिकेटमा रुचि राखी क्रिकेट लाई नै पेशा बनाउने चाहना राख्ने रौतहटका युवाहरु क्रिकेट प्रतियोगिता होस भन्ने चाहना राखे पनि कोहि पनि अग्रसर नहुदा निराश भएका सो खेलाडिहरुका लागी रौतहटका युवा संचारकर्मी प्रविण टिबडेवालको प्रयास र गौर नगरपालिकाका मेयर अजय गुप्ताको पहलमा भव्य रुपमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ ।
संचारकर्मी टिबडेवाल अध्यक्ष रहेको युवा विकास केन्द्र गौरको आयोजनामा संचालन भएको सो क्रिकेट प्रतियोगिता बाट पकै पनि रौतहट जिल्लाको खेलमा विकासको लहर ल्याउने गौर नगरपालिकाका मेयर अजय गुप्ताको विश्वास रहेको छ ।
पत्रकारीता पेशा संग संगै विभिन्न समाजिक कार्यमा सक्रिय रहेका टिबडेवाल पछिल्लो समय युवाहरु बिच चर्चाका पात्र बन्दै गएका छन् । उहाको आत्मबल र काम प्रतिको गंभिरताका कारण युवाहरु उहा प्रति आर्कषित बन्दै गएका छन् ।
दिनरातको मेहन्त पश्चात सफलता पूर्व हाल जिल्लाको सदरमुकाम गौरमा जारी मेयर कप नामक सो क्रित्रेट प्रतियोगिता बाट क्रिकेटलाई करियर बनाउने चाहना राख्ने खेलाडिहरुको आशा पुन जिवित बनेको खेलाडिहरु बताउछन् । सो प्रतियोगिता बाट उत्कृष्ट खेलाडि हुने लाई प्रोत्साहन स्वरुप गौर नगरपालिकाको सरसफाई दुत नियुक्त गर्ने गौर नगरपालिकाका मेयर अजय गुप्ताले घोषणा गरेका छन् ।
मेयर गुप्ताको सो घोषणाले खेलाडिहरु झन बढि उत्साहित देखिन्छन् । खेलाडिहरु प्रति सम्पूर्ण जिम्मेवार व्यक्ति र निकायले प्रविण टिबडेवाल र मेयर गुप्ता झै सोचि दिए रौतहटको क्रिकेट मात्र हईन सिंगो नेपालको क्रिकेटले विश्वमा पहिचान बनाउन बेर नलाग्ने क्रिकेट खेलाडि शितेस तिवारीको भनाई रहेको छ ।
प्रतिकृया दिनुहॊस