पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी ६.९८% व्याजमा पाइने, सिभिल बैंक र विवेक अटोमोवाईल्सबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेड र विवेक अटोमोवाईल्स् बीच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापत्रअनुसार विवेक अटोमोवाईल्स्बाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरुलाई विवेक अटोमोवाईल्स्को सिफारिसमा सिभिल बैंक लिमिटेडले ७० प्रतिशतसम्म ४ वर्षे कर्जा सुबिधा प्रदान गर्ने छ ।

सो कर्जा नेपाल राष्ट्र बैंकद्वारा जारी ६% व्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाहरुद्वारा संचालित व्यवसायिक फर्महरुलाई प्रदान गरिने छ । सो अनुदान पछि वार्षिक व्याजदर ६.९८% मा सो कर्जा सुबिधा प्रदान गरिने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लि. को धादिङ्ग जिल्लाको सिम्ले शाखाले धादिङवेशी नगरपालिका–६ स्थित श्री कालीदेवी …

प्रतिकृया दिनुहॊस