काठमाडौँ । दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको श्रीस्थान, नाभीस्थान पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखमा रहेको चीनको प्राविधिक टोली पहिलो चरणको अन्वेषणका काम सम्पन्न गरी फर्किएको छ ।
विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीका अनुसार यो कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरु जमिनको सतहमुनिको धेरै गहिराईसम्म पठाएर सतहमुनि ठोक्किएर फिर्ता भएका तरङ्गहरुलाई सतहमा गाडिएका सेन्सरहरुमा रेकर्ड राख्ने र रेकर्ड गरिएका विभिन्न गहिराईबाट परावर्तन भई आएका तरङ्गहरुको प्रशोधन गर्ने र त्यसबाट तयार भएका तरङ्गहरुहरुको सुक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुन सक्ने भौगर्भिक संरचना पहिचान गर्ने काम सम्पन्न गरेर टोली फर्किएको हो ।
प्रतिकृया दिनुहॊस